शुक्रबार, बैशाख १४, २०८१

कबिता “मन बगाएको छैन”

कबिता “मन बगाएको छैन”

हरेक वर्ष
बर्ख़ा, हिउद, जाड़ों, गर्मि
घूमीरहन्छ
चलीरहन्छ सधै एकनास
घड़ीको सुई र समय

एउटा नयाँ घडी
घडी किनेको पसल
घडीले दीइरहेको समय
र घडीको सुइको गती
एकदम ठिक लाग्छ त्यती बेलासम्म मात्र
जतिबेला सम्म घडिको व्याट्री सकिदैन

त्यस्तै लाग्छ मलाई पनि मेरो देशको सरकार
मेरो देशको हराएको राजनैतिक गति
रोकीन्छ, चल्छ, रोकीन्छ, चल्छ
दम दिन बिर्सीएको घड़ी जसरी

मलाई मेरो देश , राजनीति, नेता
आसा र बिस्वासहरू
सब ठीकठाक लाग्छ
त्यती बेलासम्म
देशमा भुकम्प नआउदासम्म
बाढी पहिरो नआउदा सम्म
नाकाबन्दी नलाग्दा सम्म
म हिडिरहेको पिच गरेको गोरेटो नभत्किदा सम्म
सब ठीकठाक लाग्छ
त्यती बेलासम्म

एऊटा यस्तो गति अकस्मात् उदाउछ
उदाउछ राजनीति उदाउछन नेताहरू
आफनै आमसभाहरुमा
आफनै आन्दोलनहरुमा
आफनै भाषणहरुमा
आफनै अासा र सपनाहरुमा
चुनाब जित्ने समयाबधिसम्म ।।

अस्ताउछन राजनीति, हराउछन नेता
जब देश रोइरहन्छ
भुकम्पहरुमा
बाढीपहिरोहरुमा
नाका बन्दीहरुमा
भत्कीएको सडकहरुमा
उक्कीरहेका गोरेटा
जन विश्वाशहरुमा

अहँ अझै पटक्कै
देश डुब्दै डुबेन,
अहँ अझै फ़ीटीक्कै
देश दुख्दै दुखेन

यो भन्दा बढी कहिले दुख्छ हामीलाई ?
यो भन्दा बढि कहिले डुब्छौ हामी ?
यो डुबान कहिले देख्छौ हामीले ?

धन बगायो , जन बगायो
सबथोक बग़ायो
र अझै पनि मन बगाएको छैन
फ़ेरी एकपटक
केही मनहरु संगालेर, राहत दिउ
बाढि पहिरो र भुकम्पका बस्तीहरुमा
उक्कीरहेका ज़िन्दगीका गोरेटाहरूमा ।।

@ अरुण पौडेल