बुधबार, बैशाख ०९, २०८३

गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने

काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले आज पदबाट राजीनामा दिएपछि सो मन्त्रालयको कार्यभार प्रधानमन्त्री बालेन साहले सम्हाल्ने भएका छन् ।

प्रधानमन्त्रीका अनुसन्धान तथा प्रेसविज्ञ दीपा दाहालले गृहमन्त्री गुरुङले आज प्रधानमन्त्री साहसमक्ष राजीनामा बुझाएको जानकारी दिँदै तत्काल अर्काे गृहमन्त्री नियुक्त नहुने र सो मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने जानकारी दिइन् ।

यसमा तपाईको प्रतिक्रिया