काठमाडौँ । नेपालको तीन दिने भ्रमणमा रहेका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री एस. पाउल कपुरले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयमा मंगलबार उनीहरुबीच भेटवार्ता भएको हो ।
भेटमा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको । साथै व्यापार तथा लगानीमा सहकार्य विस्तार गर्ने विषयमा समेत दुवै पक्षबीच विचार आदानप्रदान भएको जनाइएको छ ।
सोमबार बिहान काठमाडौँ आएका मन्त्री कपुरले सोमबार नै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाली उद्योगपतिहरुसँग छलफल गरेका थिए । कपुरले आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई पनि भेट्ने कार्यक्रम रहेको छ ।

