काठमाडौं । सांस्कृतिक युवा समूह, काठमाडौं र सोमा माइम थिएटर, कोलकाताद्वारा संयुक्त रूपमा आयोजित पाँच दिने माइम अभिनय कार्यशाला शुरू भएको छ ।
साेमबारबाट आयोजना गरेको पाँच दिवसीय ‘माइम अभिनय कार्यशाला’मा मुख्य प्रशिक्षक साेमा दासले प्रशिक्षण दिनुहुनेछ ।आयाेजकका अनुसार अभिनयको नयाँ तरिका माइम भएकाले यसबाट कलाकारले फाइदा लिन सक्नेछन्।
बिहान ११ बजेदेखि २ बजेसम्म चल्ने कार्यशालामा शारीरिक हाउभाउको अभिनय सिकाइनेछ। ‘माइम-शो’ बिना शब्द पार्श्व संगीतलाई ध्यान दिइ कलाकारको परिचय नखुलाई प्रस्तुत गरिने अभिनय हो। यो हेर्दा नाटक जस्तै देखिपनि कलाकारले बिना शब्द अभिनय गर्दछन।
संस्थाका अध्यक्ष बेचन लामाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि समाजसेवी तथा व्यवसायी मधु क्षेत्री, फोनिज बागमती प्रदेश अध्यक्ष भीम लामा, युवा नेता राजु सुनार, सामाजिक अभियन्ता आरबी ठकुरी , सम्बृध नेपाल ,धनुषाका अध्यक्ष रित बहादुर श्रेष्ठ, समाजसेबी भारती शर्मा लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम मिस नेपाल २०१३ सुदिना श्रेष्ठले सञ्चालन गरेकी थिईन् ।
‘माइम’ले मान्छेलाई अभिनयबाट कसरी भ्रम पैदा गराउन सकिन्छ भन्ने विषयमा ज्ञान दिनेछ । कुनै पनि बस्तुको प्रयोगबिना नै कलाकारले इशाराका भरमा नभएको कुरालाई पनि छ भन्ने आभाष गराउनेछ । माइम मौखिक भाषा उच्चारण नगरी शरीरको हाउभाव र चालचलनले नै अभिनय गरिने शैली हो। माइममा कथाभन्दा कलाकारको हाउभाउ बढी महत्त्वपूर्ण मानिन्छ।

