सोमबार, बैशाख ०७, २०८३

जापानको उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प

टोकियो । जापानको उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि इवाते प्रान्त, होक्काइडो र आओमोरी प्रान्तका केही भागमा सुनामी चेतावनी जारी गरेको छ। सानरिकु तट नजिक ७.५ म्याग्निच्युडको भूकम्प आज साँझ ४:५३ बजे गएको हो ।
उक्त अधिकतम ३ मिटर उचाइसम्मको सुनामी आउन सक्ने अनुमान गरिएको छ भने मियागी प्रान्त र फुकुशिमा प्रान्त सहितका क्षेत्रमा १ मिटरसम्मको लहरको चेतावनी दिइएको छ। इवातेको कुजी बन्दरगाहमा ८० सेन्टिमिटर र मियाको बन्दरगाहमा ४० सेन्टिमिटरको सुनामी लहर मापन भइसकेको छ।
भूकम्पपछि जेआर इस्टले तोहोकु शिन्कान्सेन (टोकियो–शिन-आओमोरी) र यामागाता शिन्कान्सेन सेवा स्थगित गरेको छ। इवातेका सबै स्थानीय रेल सेवा तथा होक्काइडोका केही रेल सेवा पनि बन्द छन्।

यसमा तपाईको प्रतिक्रिया