शुक्रबार, चैत १६, २०८०

आरआर क्याम्पसका विद्यार्थीद्वारा बाढीपिडितको उद्दारका लागि राहत संकलन

काठमाडौं,३२ साउन । अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट प्रभावितका लागि राजधानीको रत्नराज्यलक्ष्मी क्याम्पसमा राहत संकलन कार्यक्रम सञ्चालन भईरहेको छ ।

आईतबारबाट संचालनमा आएको अभियानमा सोमबारसम्म करिव २५ लाख नगद बराबरको नयाँ लत्ताकपडा, नगद रु. २० हजार बराबरको खाद्यान्न, तथा ५१ हजार, ८ सय ७५ रुपैँया नगद संकलन भएको छ ।

बाढीपिडित परिवारको उद्दारमा खटिनका निम्ति ५० भन्दा बढि स्वयम्सेवक एकजुट भएका छन् ।

बाढीपिडितको उद्दार गर्न आरआर क्याम्पसका विद्यार्थीहरुको स्वतन्त्र सहभागिता भएको यो अभियानले संकलित सम्पुर्ण सामाग्रीहरु सरकारी निकायहरुसँग सहकार्य गरेर बाढीग्रस्त ठाउँसम्म पुर्याउने अभियानमा संलग्न संगम देवकोटाले बताए ।

राहत संकलन कार्यक्रम आज मंगलबार पनि जारी रहेको छ । सहयोगीहरुले सहयोग गर्नका निम्ति संगम देवकोटा  (९८५११७०५६७) , अशोक थापा (९८४१३७१०९२), पुष्कर बास्तोला (९८५१०५३८२७), नरेश रेग्मी (९८१८००५७२४), विश्णु लामिछाने (९८५२६८९००१), दिनेश रावल (९८६१५९६४५९) लाई सम्पर्क गर्न समेत राहत संकलन अभियानकर्ता विद्यार्थीहरुले बताएका छन् ।