सोमबार, बैशाख ०७, २०८३

ट्राफिक प्रहरी वृत बौद्धलाई ट्राफिक सामग्री सहयोग

काठमाडौं । श्री बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रको सडक व्यवस्थापन सहज बनाउनका लागि ट्राफिक प्रहरी वृत बौद्धलाई ट्राफिक सामग्री सहयोग गरेको छ ।

सोमबार श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले दुइ सय वटा ट्राफिक कोन ,डोरी, लाइट लगायत का सामाग्री ट्राफिक प्रहरी वृत बौद्धका कार्यलय प्रमुख प्रहरी निरीक्षक शेखर जंग थापालाई हस्तान्तरण गरेका थिए ।

बाटोमा गुड्ने सवारीहरुको सहजता, दुर्घटना न्यूनीकरण र सचेतनाका लागि उक्त सामग्री प्रदान गरिएको श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले जानकारी गराएका छन् । उनले उक्त ट्राफिक व्यवस्थापन सामग्रीले ट्राफिक नियमको पालना गर्न सहयोग पुर्याउने र ट्राफिक जाम तथा दुर्घटना न्यूनीकरण गर्न सहयोग पुर्याउने बिश्वास ब्यक्त गर्दै प्रदान गरिएको सामग्रीको उचित प्रयोग गर्न अनुरोध गरेका थिए ।

श्री बौद्धनाथ क्षेत्र विकास समितिले आगामी दिनमा पनि प्रहरी वृत बौद्ध र ट्राफिक प्रहरी वृत बौद्ध संग हातेमालो गर्दै अघि वढने बताए । ट्राफिक प्रहरी वृत बौद्धका कार्यालय प्रमुख प्रहरी निरीक्षक शेखर जंग थापाले सहयोगको लागि धन्यवाद दिदै उक्त सामग्रीले सवारी दुर्घटना र त्यसबाट हुने क्षती न्यूनिकरणमा सहयोग पुग्ने बिश्वास ब्यक्त गरेका थिए ।

कार्यक्रममा श्री बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मोहन कुमार तामाङ श्री बौद्धनाथ क्षेत्र विकास समितिका सदस्यहरु रग्वा शेर्पा , पशुपतिनाथ (श्याम) खतिवडा, सहित ट्राफिक प्रहरीहरुको उपस्थिति रहेको थियो

यसमा तपाईको प्रतिक्रिया