बुधबार, बैशाख ०२, २०८३

सेयर बजार कमजोर बनेपछि स्टक एसोसिएसनले अर्थमन्त्रीसँग भेट, ६ बुँदे सुझाव

काठमाडौं । सेयर बजारमा लगानीकर्ताको मनोबल कमजोर बनेपछि स्टक ब्रोकर एसोसिएसन अफ नेपालले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेटवार्ता गरी ६ बुँदे सुझाव दिएको छ ।

नयाँ सरकार गठनपछि सेयर बजार उच्च दरले ओरालो लागेको छ । नयाँ सरकार गठनअघि २९६० अंकमा रहेको नेप्से परिसूचक हाल २७ सय हाराहारीमा झरेको छ । सोमबारको प्रारम्भिक कारोबारमा भने बजारमा सुधार देखिएको छ ।

बिहान भएको भेटवार्ताका क्रममा एसोसिएसनले बैंक तथा वित्तीय संस्थालाई सहज रुपमा पूँजी बजार प्रवेश र बाहिरिने व्यवस्था गर्न सुझाव दिएको छ । हाल बैंक तथा वित्तीय संस्थाले सेयर खरिद गरेको ६ महिनापछि मात्रै बिक्री गर्न पाउने व्यवस्था छ ।

त्यस्तै गैरआवासीय नेपालीलाई सहज रुपमा दोस्रो बजारमा कारोबार गर्ने व्यवस्था गर्न, नयाँ बजेटमार्फत हाल कायम पूँजीगत लाभरलाई अन्तिम भनेर सम्बोधन गर्न माग गरिएको छ । सरकारी संस्थानहरुमा विभिन्न कोषमा रहेको रकमलाई दोस्रो बजारमा लगानी गर्न सहज वातावरण बनाउन एसोसिएसनले माग गरेको छ ।

यसमा तपाईको प्रतिक्रिया