शुक्रबार, चैत २०, २०८२

कार्मारोङ गुम्बाको मूल गेट उद्घाटन

काठमाडौं महानगरपालिका वडा नं ६ सिमलटार स्थित कार्मारोङ गुम्बाको मूल गेट उद्घाटन गरिएको छ ।

श्री बौद्धनाथ क्षेत्र विकास समितिको आर्थिक सहयोगमा निमार्ण गरिएको उक्त गुम्बाको मूल गेट आज एक कार्यक्रमका विच समितिका अध्यक्ष राजकुमार लामाले रिवन काटी उद्घाटन गरेका हुन ।

करिव २० लाखरुपैया को लागतमा निर्माण गरिएको उक्त कार्मारोङ गुम्बाको मूल गेट उद्घाटनकार्यक्रमका श्री बौद्धनाथ क्षेत्र विकास समितिका सदस्यहरु ,पशुपतिनाथ खतिवडा ,रग्वा शेर्पा सुरज लामा ,कार्मारोङ बिकास समाजको पदाधीकारी सहित स्थानियको उपस्थिति रहेको थियो।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले कार्मारोङ गुम्बाको सुरक्षा सुदृढ गर्नको लागी मूल गेट निमार्ण गरेको बताए ।

यसमा तपाईको प्रतिक्रिया