जापान । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा सूरु भएको छ ।
नेपाल र जापानको एक परीक्षा केन्द्र गरि कुल १ हजार ९ सय ६६ परीक्षा केन्द्रबाट लाख १२ हजार ४ सय ७१ जना विद्यार्थी परीक्षामा सहभागी हुन लागेको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उप-नियन्त्रक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए।
जापानको एभरेष्ट इन्टरनेशनल स्कुलबाट छैटौँ ब्याच एसईई २३ विद्यार्थी सहभागी
जापानमा नेपाली पाठ्यक्रमअनुसार कक्षा ११ र १२ अध्यापन हुने एभरेष्ट इन्टरनेशनल स्कुलका छैटौँ ब्याचका विद्यार्थीहरू यस वर्ष २०२६ को एसईई परीक्षामा २३ जना सहभागी हुँदैछन्।
विद्यालय प्रशासनका अनुसार २०२१ देखि हालसम्म विभिन्न वर्षमा विद्यार्थीहरूले एसईई परीक्षा दिँदै आएका छन्। यस वर्ष २०२६ मा ९ जना छात्र र १४ जना छात्रा गरी कुल २३ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन्।
प्रवासमा बसेर पनि नेपाली भाषा, संस्कार र शिक्षा प्रदान गर्न पाउँदा अभिभावकहरू खुसी र उत्साहित रहेको विद्यालयका प्रिन्सिपल विष्णु प्रसाद भट्टले बताउनुभयो। विद्यालयले शैक्षिक उपलब्धिसँगै अनुशासन, नैतिक शिक्षा र संस्कारमा पनि विशेष जोड दिँदै आएको छ।
प्रवासमा नेपाली पहिचान जोगाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यसहित विद्यालय अगाडि बढिरहेको जनाएको छ।
एभरेस्ट इन्टरनेशनल स्कूल जापानका संरक्षकको रूपमा नेपाली राजदूतावास जापानका राजदूत रहने व्यवस्था समेत छ ।
उक्त विद्यालय नेपाल सरकारद्वारा नेपाल बाहिर सञ्चालन गरिएको एक मात्र नेपाली सरकारी विद्यालय हो।

