काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल निर्विरोध चयन भएका छन्।
पार्टी कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकले उपाध्यक्ष बादललाई दलको नेता चयन गरेको निर्वाचन समितिका संयोजक निरज आचार्यले बताए। यसअघि सांसद सुहाङ नेम्वाङले पनि दाबी गरेका थिए । तर, अन्तिम समयमा मनोनयन दर्ता गर्ने बेला उनले समर्थक र प्रस्तावक पाएनन् ।
निर्विरोध निर्वाचित भएका बादललाई सुहाङले खादा ओढाएर बधाई समेत दिएका छन् ।
दलको नेतामा सुहाङ नेम्वाङले पनि दाबी गरेको भए पनि अन्तिममा फिर्ता भए। एमालेले प्रत्यक्षमा ९, समानुपातिकबाट १६ सीट जितेर प्रतिनिधि सभाको तेस्रो दल बनेको छ।

