शुक्रबार, बैशाख १८, २०८३

आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा निर्वाचित

काठमाडौँ । नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा निर्वाचित भएका छन् ।

काठमाडौँमा सम्पन्न ११औँ राष्ट्रिय महाधिवेशनबाट उनी निर्वाचित भएका हुन् । महाधिवेशनको उदघाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शनिबार गरेका थिए ।

अध्यक्ष पदमा भएको निर्वाचनमा ३९ मत पाएर लामाले जितेका हुन् । प्रतिस्पर्धी जीवन राईले ११ मत पाए ।

नेफिन संघीय सचिवालय टिम

अध्यक्ष – निमा लामा ह्योल्मो
वरिष्ठ उपाध्यक्ष – डिल बहादुर गुरुङ

उपाध्यक्षहरु –
१) चिनिमाया माझी,
२) चन्द्रलाल राजभण्डारी,
३) शान्ती देवान
४) रामकुमार सिँह दनुवार,
५) अमृत बहादुर सुनुवार,
६) आङ पासाङ शेर्पा,
७) मनमाया छन्त्याल,

महासचिव – बिमल सारु मगर
उपमहासचिव – गणेश कुमाल

सचिवहरु –
१) सन्त बहादुर चेपाङ
२) बिना माम्बा तामाङ
३) जसवी मण्डल (जस्मिन)
४) शिवचन्द्र मण्डल (धानुक)
५) चकचकी राजवँशी
६) सैलेन्द्र कुमार ताजपुरिया
७) महेन्द्र दुरा
८) छेवाङ बुम्छोक गुरुङ

कोषाध्यक्ष – मिङमाकामी शेर्पा
सहकोषाध्यक्ष – प्रभातकुमार चौधरी