काठमाडौं,२९ साउन । नेकपा एमालेले अविरल वर्षाका कारण तराईमा आएको बाढी र डुवान प्रभावित नागरिकको उद्धारमा खट्न पार्टी कार्यकर्ता पंक्तिलाई निर्देशन दिएको छ ।
पार्टी सचिव योगेश भट्टराईले विज्ञप्ति जारी गर्दै प्राकृतिक विपत्तीमा परेका जनताको उद्धारमा खट्न कार्यकर्तालाई निर्देशन जारी गर्नुभएको हो ।
‘पूर्वी र मध्य तराईका जिल्लामा अविरल बर्षाका कारण उत्पन्न आपतकालीन अवस्थाबाट सिर्जना भएको बिपत्तीमा पर्नु भएका दिदिबहिनी तथा दाजुभाईको उद्धार, सहयोग तथा राहातमा जुट्न नेकपा एमालेका कमरेडलाई हार्दिक आह्वान गरिन्छ’ भट्टराईको विज्ञप्तिमा उल्लेख छ, ‘सुरक्षाकर्मी, रेडक्रसकर्मी लगायतका स्वयमसेवकहरुसँग समन्वय गरी वहाँहरुलाई सहयोग गर्न समेत ध्यानाकर्षण गरिन्छ । अविरल वर्षाका कारण पूर्वी तथा मध्य तराईका विभिन्न क्षेत्र डुवानमा परेको छ भने ३० जना भन्दा बढी नागरिकको ज्यान गएको छ ।
