मङ्गलबार, असार २३, २०८३

गल्कोट समाज जापानको सहयोगमा छात्रवृत्ति अक्षयकोष हस्तान्तरण

जापान । गल्कोट समाज जापानको सहयोगमा गल्कोट नगरपालिका र तारा गाउपालिकाका सामुदायिक माध्यमिक विद्यालयमा छात्रवृत्ति अक्षयकोष हस्तान्तरण तथा स्थापना कार्यक्रम सम्पन्न भएको छ।
समृद्ध राष्ट्र निर्माणका लागि जिवनोपयोगी शिक्षा, स्वास्थ्य र खेलकुदमा लगानी भन्ने उद्देश्यका साथ गलकोट समाज जापानले अग्रेजी नयाँ वर्षको अवसरमा आयोजना गरेको सांगितिक श्रृङ्खला २०२५ को उद्देश्य अनुसार गलकोट नगरपालिका र तारा गाउपालिकाका १९ बिद्यालयहरुमा ५/५ लाखको अक्षयकोष हस्तान्तरण तथा स्थापना कार्यक्रम गरेको हो।
पहिलो चरणमा गत बर्ष गल्कोट नगरपालिकाका १ श्री सरस्वती माध्यमिक विद्यालय २ श्री महेन्द्र माध्यमिक विद्यालय,वार्ड ४ श्री खरुवा माध्यमिक विद्यालय,वार्ड ५ श्री पृथ्वी माध्यमिक विद्यालय,वार्ड ६ श्री पार्वती माध्यमिक विद्यालय ,वार्ड ७ श्री जनहित माध्यमिक विद्यालय,वार्ड ८ श्री जनजागृती माध्यमिक विद्यालय,वार्ड ९ श्री भैरव माध्यमिक विद्यालय,वार्ड १० श्री पाण्डवखानी माध्यमिक विद्यालय र वार्ड ११ श्री रत्नलक्ष्मी माध्यमिक विद्यालय तथा तारा गाउपालिकामा श्री नेपाल माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेको थियो।
दोश्रो चरण अन्तरगत गत बर्ष बाकी रहेका गल्कोट नगरपालिका वार्ड १ श्री चौराहा माध्यमिक विद्यालय,वार्ड ३ गल्कोट माध्यमिक विद्यालय र वार्ड ८ शिव माध्यमिक विद्यालय र त्यसैगरी तारा गाउपालिका अन्तरगत वार्ड १ प्रजातन्त्र माध्यमिक विद्यालय,जनप्रेम माध्यमिक विद्यालय,वार्ड नं २ अर्गल माध्यमिक विद्यालय,वार्ड ३ हरि माध्यमिक विद्यालय र वार्ड नं ५ दुर्गा भवानी माध्यमिक विद्यालयमा ५/५ लाखको अक्षय कोष स्थापना कार्य सम्पन्न गरेको छ।यो अक्षयकोषले भविष्यमा गल्कोट नगरपालिका र तारा गाउपालिकाका आर्थिक रूपमा कमजोर तर प्रतिभाशाली विद्यार्थीहरूको शैक्षिक उन्नतिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गल्कोट समाज जापानले लिएको छ।

अक्षयकोष हस्तान्तरण तथा स्थापना कार्यक्रममा गल्कोट समाज जापानका तर्फबाट अध्यक्ष रत्नसिंह बस्नेत ,महासचिव दिलिप कँडेल लगाएतको उपस्थिती थियो