टोकियो । जापानमा बसोबास गर्ने नेपाली समुदायका लागि टोकियोमा सञ्चालनमा रहेको जापान सरकारबाट एशियन ब्रिज इन्टरनेशनल स्कुललाई जापान सरकारबाट बालबालिकाको प्रारम्भिक शिक्षाका लागि शुल्क अनुदान (Fee Subsidy) स्वीकृत भएको छ।
अब नर्सरी, एलकेजी (LKG) र युकेजी (UKG) कक्षामा अध्ययन गर्ने बालबालिकाका अभिभावकहरूले सरकारी सहयोग प्राप्त गर्ने भएका छन्। नेपाली समुदायका लागि स्थापित अन्तर्राष्ट्रिय विद्यालय किता–कु, टोकियोमा अवस्थित स्कूलमा जापानमा बसोबास गर्ने नेपाली बालबालिकालाई लक्षित गरेर स्थापना गरिएको एक शैक्षिक संस्था हो।
नेपाली पाठ्यक्रममा आधारित अन्तर्राष्ट्रिय शिक्षण प्रणाली अपनाइएको छ, जसले गर्दा विद्यार्थीहरूले नेपाली भाषा, संस्कृति र पहिचानलाई जोगाउँदै अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्राप्त गर्न सक्ने वातावरण पाएका छन्।
lसन् २०२५ मा डा बलराम श्रेष्ठको अध्यक्षतामा स्थापना भएको स्कूल स्थापना पछि छोटो समयमै विद्यालयले नेपाली समुदायबीच उच्च विश्वास र लोकप्रियता हासिल गर्न सफल भएको छ। हाल विद्यालयमा नर्सरीदेखि कक्षा ५ सम्मका कक्षाहरू सञ्चालन भइरहेका छन्।
विद्यालय प्रशासनका अनुसार अहिले ८० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने ३५ भन्दा बढी नयाँ विद्यार्थीहरूको आरक्षण (Reservation) भइसकेको छ।
प्रारम्भिक कक्षाका बालबालिकालाई सरकारी अनुदान जापान सरकारबाट स्वीकृत भएको नयाँ व्यवस्थाअनुसार नर्सरी, एलकेजी र युकेजी कक्षामा अध्ययन गर्ने बालबालिकाले शैक्षिक शुल्कमा सरकारी अनुदान प्राप्त गर्नेछन्। सरकारी अनुदान प्राप्त भएपछि अझ धेरै अभिभावकहरूका लागि शिक्षा सहज बन्ने अपेक्षा गरिएको छ।

