शुक्रबार, बैशाख ०७, २०८१

सरकार र डा.केसीविचको वार्ता असफल,अनसन जारी रहने

काठमाडौं,२८ साउन । भष्टचारमुक्त र स्वस्छ स्वास्थ्व क्षेत्रको माग राखि निरन्तर अनशन बस्दै आएका डा गोविन्द केसी र सरकारविचको वार्ता असफल भएपछि अनसन जारी रहने बताएका छन् ।

संसदीय समितिले चिकित्सा शिक्षा विधेयक पास गरेपनि डा.गोविन्द केसीको आमरण अनसन तोड्ने प्रयास असफल भएको छ ।

डा. केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच भएको कुराकानी सहमतिमा पुग्न सकेन । डा. केसीका प्रतिनिधिले विधेयक माथेमा आयोगको प्रतिवेदन अनुसार नभएको बताएका छन् । साथै विधेयक पास भएपछि कार्यान्वयन हुने सुनिश्चिता खोजेको एक अधिकारीले बताए ।

स्रोतका अनुसार मुख्य विवाद भने सहायक डीन नियुक्तिमा देखिएको छ । आईओएमका डिनले सिफारिस गरेका सहायक डिनहरुको नियुक्ति हुन सकेको छैन ।

तर, डा. केसीले सबै विषयमा सहमति नभएसम्म अनसन नतोड्ने अडान लिएका छन् । डा. केसीको प्रतिनिधिका रुपमा वार्तामा सहभागी योगेन्द्र सिंहले एक चरण छलफल भएपनि सहमति हुन बाँकी रहेको बताए ।