शुक्रबार, असार ०१, २०८१

डिलाराम गैरेद्वारा एनआरएनए जापानको सदस्यमा दाबी

जापान,२६ साउन । गैर-आवासीय नेपाली संघ जापानको केन्द्रित सदस्य पदमा डिलाराम गैरेले दाबी गरेका छन ।

आगामी दुई वर्षें कार्यकालको लागी ग़ैरेले सदस्यमा उम्मेद्वारी दिए सगै दाबी गरेका हुन । नेपाल र नेपालीको लागी केहि गर्नु पर्छ भन्ने उद्देश्यसहित डिलाराम गैरेले एनआरएनए जापानमा सबै नेपालीसंग हातेमालो गरी काम गर्ने जनाएका छन ।
भरतपुर चितवनवाट १२ वर्ष अघि जापान आएर ब्यवसायिक गर्दै आएका गैरे मिलनसार ब्यक्तित्व हुन ।
गैरे सेवा समाज जापान टोकियो का पुर्ब अध्यक्ष हाल सो समाजको केन्दीय सदस्य र हाल गल्कोट समाज जापानका केन्दीय सदस्य पुर्ब एनआरएनए कान्तोको पुर्व क्षेत्रीय सदस्य सँधै सकारात्मक सोच बोकेर मनै देखि समाजसेवामा सर्मप्रित असल ब्यक्तित्व हुन ।