टोकियो,२५ साउन । जापानमा स्थापित पुरानो संस्थाहरु मध्येको तमु धि जापानले वार्षिक कार्यक्रम अन्तर्गत यहि अगस्ट १५ तारिक हुने भनेको २१ औं रोधि सॉझ मेगुरोमा नहुने भएको छ ।
कलकारको भिसा नलोगेपछि तमुधि जापानले सो मेगुरो हलमा हुने कार्यक्रम शिनओकुवुको नमस्ते गजलमा हुने जानकारी दिनुभयो ।
तमुधि जापानका अध्यक्ष श्रीभक्त गुरुङको अनुसार गुरुङ समुदायमा रहेको संस्कृतिक पर्व रोधिको महत्वलाई जापानमा रहेका नेपालि समुदायसग साटने र जापानमा रहेका नेपालि समुदायका विच सदभाव विकासका लागि सधैको वर्ष झै यस बर्ष पनि रोधि सॉझ आफनै दाजुभाई ,दिदिबहिनीविच नमस्ते गजल रेष्टुरेण्टमा सारिएको बताउनु भयो ।
यस वर्षको रोधि सॉझमा स्थानीय नेपाली युवा कलाकारहरुको प्रस्तुती रहने तमु धीं जापानले जनाएको छ ।