सिन्धुपाल्चोक,२५ साउन । बहुप्रतिक्षित मेलम्ची खानेपानि आयोजनाको मुहान अम्बाथानमा आज प्रधानमन्त्रीले निरीक्षण गर्नुभएको छ ।
आयोजनाको निरीक्षणको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले १७ बर्ष भईसक्दा समेत सम्पन्न नभएको खानेपानि आयोजनामा जत्ति खर्च लागेपनि काम छिटोभन्दा छिटो सक्न निर्देशन दिनुभएको छ ।
हालसम्म २६ किलोमिटर सुरुङ खन्ने काम सकिएको छ यो आयोजनाको ९२ प्रतिशत हो । अब २ किलोमिटर मात्र सुरुङ खन्ने काम बाँकि छ । सुरुङ भित्र अहिले लेसाईलो माटो भेटिएकाले पनि काममा ढिलाई भएको आयोजनाले बताएको छ ।
सुरुङभित्रबाट निस्कीएको मकिङको विषयमा स्थानीय स्तरमा त्रास फैलाएको कारणले ठेकेदार कम्पनी सिएमसीलाई मकिङको उचित व्यावस्थापन गर्न निर्देशन दिएको मेलम्ची खानेपानि आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले जानकारी दिनुभयो ।
आँउदो दशैंमा काठमाण्डौं बासीको खानेपानिको सपना बनेको आयोजनाको हालसम्म भएको कार्यप्रगति हर्ने हो भने अझ ३ महिना लाग्ने देखिएको छ ।
सुरुङ खन्ने कामलाई तिव्रता दिईएसंगै दशैंपछिको दुई महिनामा मेलम्चीको पनि काठमाण्डौं पुग्ने खानेपानि तथा सरसफाई मन्त्रालयका सचिव भिम प्रासद उपाध्यायले बताउनुभएको छ ।