शुक्रबार, फागुन २९, २०८२

प्रवासी नेपालीको बृहत् भेलालाई आज एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने

जापान । प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीले आगामी फाल्गुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचन लक्षित गरेर बृहत् भेला आयोजना गरेको छ ।
नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्चले फेब्रअरी ८ तारिख आज अनलाइन जुममार्फत बृहत् भेला २०२६ आयोजना गरेको प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका उपसचिब तथा प्रचार बिभाग प्रमुख भक्त गुरुङले जानकारी दिनुभयो ।
भेलालाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । सवल प्रवासी, समृद्ध नेपाल(सुखी नेपालीको नारा रहेको प्रवासी नेपाली मञ्चको ३८ देशमा संगठन विस्तार गरेको छ ।

आगामी २०८२ फागुन २१ गते बिहीबारको दिन नेपालमा हुन गईरहेको प्रतिनिधि सभा सदस्यको आसन्न निर्बाचन लक्षित बृहत भेला लाई नेकपा ९एमाले० का अध्यक्ष तथा पुर्बप्रधानमन्त्री केपी शर्मा ओली ज्युले बिशेष सम्बोधन गर्नु हुने भएकोले मञ्चका सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य एवं शुभचिन्तकहरुलाई सहभागी भई दिनुहुन उपसचिव तथा प्रचार बिभाग प्रमुख गुरुङले अपील गर्नु भएको छ।