काठमाडौं,२५ साउन । अध्यक्ष कमल थापा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टी फुटपछि मंगलबार पहिलो पटक बसेको राप्रपा बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । राप्रपाले देउवा सरकारले पार्टी फुटाउन भूमिका खेलेको राप्रपाको आरोप छ ।
वरिष्ठ नेता पशुपतिशम्शेर राणाले हालै मात्र राप्रपा फुटाएर राप्रपा प्रजातान्त्रिक गठन गरेका छन् ।