मङ्गलबार, बैशाख ११, २०८१

जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट तीन पत्रकार पुरस्कृत

काठमाडौं,२४ साउन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट यस वर्ष तीन वरिष्ठ पत्रकारलाई सम्मान गर्ने भएको छ ।

पुरस्कार छनौट समितिले गरेको सिफारिस अनुसार फोनिज सचिवालय बैठकले तीन वरिष्ठ पत्रकारलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

पुरस्कृत वरिष्ठ पत्रकारहरुमा इकान्तिपुर डटकमका सम्पादक खिम घले, जनविश्वास साप्ताहिकका सम्पादक सञ्जय सन्तोषी राई र रेडियो नेपालका वरिष्ठ सञ्चारकर्मी रमिता रमिता लामा छन् ।

पुरस्कृत पत्रकारहरुलाई फोनिज स्थापना दिवस (साउन २७ गते) का दिन प्रदान गरिने छ । पुरस्कारको राशी जनही २० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ ।