टोकियो,२४ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको नयाँ कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी प्रस्तुत गरेकाहरु माथि दाबी विरोध गर्न निर्वाचन समितिले आग्रह गरेको छ ।
समितिका संयोजक ओम गुरुङले उम्मेदवारहरुमाथि शंका लागेमा वा उनीहरुको योग्यताबारे अस्पष्टता भएमा दाबी विरोध गर्न सकिने बताए । दाबी विरोध प्रस्तुत गर्नेसँग एनआरएनए जापानको सदस्यता भएको हुनुपर्ने छ ।
यस्ता व्यक्तिले एक जनाको मात्र दाबी विरोध गर्न पाउने छन् । दाबी विरोध गर्दा सम्पूर्ण विवरणहरु प्रस्ट राख्नुपर्ने छ भने प्रमाणको फोटोकपी वा अन्य विवरण समेत संलग्न गराउन निर्वाचन समितिले आग्रह गरेको छ ।
दाबी विरोधका लागि टोकियोस्थित कार्यालयमा उपस्थित हुन वा फोन मार्फत् बुझ्न पनि सकिने समितिले जनाएको छ । तर यसरी दाबी विरोध गर्ने व्यक्तिहरु सम्पर्कमा नआएमा वा प्रमाण ल्याउन नसकेमा भने निवेदन स्वत रद्द हुने छ ।