जापान । रामेछाप दोरम्बा शैलुङ-६ घर भई हाल छोराबुहारी र नवजात नातिनी भेट्न जापान आउनुभएका भुवन थापा मगर हृदयघातको कारण जापानमा निधन हुनुभएको छ ।
जापानको गुन्मा प्रान्तमा ५३ वर्षीय भुवन थापा मगरको हृदयघातको कारण निधन भएको रामहरी खपाँगी मगरले जानकारी दिनु भयो ।
जापान गुन्मास्थित नेपाल मगर संघ जापान, रामेछाप समाज जापान, एनआरएनए जापान लगायत संस्थाहरूले मृतक मगरको पार्थिव शरीर व्यवस्थापन र जापानमै दाहसंस्कारको आवश्यक सहयोगमा लागेका छन् ।
गैरआवासीय नेपाली संघ जापान गुन्मा क्षेत्रीय समितिको तर्फबाट स्व. भुवन थापा मगरप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । संघले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।
स्वर्गीय मगर प्रति श्रद्धाञ्जली अर्पण गरी जापानमै अन्तिम दाह संस्कार गरिने जनाएको छ ।
साथै स्व. भुवन थापा मगरका परिवारजनको विशेष अनुरोध अनुसार सामाजिक सञ्जालमा फोटो पोस्ट गरी श्रद्धाञ्जली व्यक्त गर्दै आर्थिक सहयोगको अपील नगर्नहुन मृतकका छोरा विनोद मगरले अनुरोध गरेका छन् ।
आफन्त, इस्टमित्र, शुभ चिन्तक लगायत नेपालीमनहरु सँग सम्पर्क गरी तल उल्लेखित ठेगानामा उपस्थित हुन हार्दिक अनुरोध गरिएको छ।
श्रद्धाञ्जली अर्पण स्थल :
お見送り・安置施設 詩季
〒374-0005 Gunma, Tatebayashi, Hanayamacho, 3368
080-4146-6088
पार्थिव शरीरको अन्तिम दाह संस्कार
मिति २०२६-१-२५(आइतबार)
समय: बिहान १०:०० बजे देखि १०:३० बजेभित्र
दाह संस्कार स्थल: 館林市斎場
〒374-0043 Gunma, Tatebayashi, Naegicho, 2487
हार्दिक श्रद्धाञ्जली सोकाकुल परिवार प्रति गहिरो समवेदना

