सोमबार, माघ ०६, २०८२

हलले जे निर्णय लिन्छ कांग्रेसको आगामी बाटो त्यही हुन्छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूहरू पार्टी विभाजनको पक्षमा नरहेको प्रस्टीकरण दिएका छन्। विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सिङ्गो कांग्रेसको नेतृत्व गर्ने गरी अघि बढेको बताए।
उनले भने, ‘कतिपयलाई महामन्त्रीहरूले पार्टी फुटाउँछ भन्ने लागेको होला, हामी सिङ्गो कांग्रेस र देशको नेतृत्व गर्ने गरी अघि बढेका छौँ।
विशेष महाधिवेशनको हलले जे निर्णय लिन्छ कांग्रेसको आगामी बाटो त्यही हुने बताए। आइतबार काठमाडौंको भृकुटिमण्डपमा विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पार्टीमा भएको कमीकमजोरीको ड्राइभिङ सिटको छेउमा आफूहरू पनि बसेकाले जिम्मेवारी लिने बताउँदै यस विशेष महाधिवेशनले कांग्रेस सुधार गर्ने सङ्कल्प गर्ने बताए ।
पुरानै ढङ्गले नयाँ यात्रा गर्न सकिने भन्दै नयाँ परिस्थिति निर्माण गरेर सोच बदल्नुपर्ने बताए ।
उनले भने, ‘अहिलेको परिस्थितिलाई सामना गर्न, नयाँ परिस्थिति निर्माण गर्न नयाँ सोच बनाउनुछ । पुरानै आनीबानी राखेर नयाँ भविष्य बनाउन सकिँदैन ।
उनले कांग्रेस विशेष महाधिवेशनको उपस्थितिले कांग्रेस बदल्ने मात्र नभई देश बदल्ने सोच राखेको बताए ।

 

 

यसमा तपाईको प्रतिक्रिया