काठमाडौं । दाङबोला ग्युाईठिम तामाङ संघकाे आयोजनामा हिमालयन महायानी बौद्ध धर्मावलम्बीहरूकाे नयाँ वर्ष ल्हाेछारकाे उपलक्ष्यमा बौद्धमा ल्हाेछार शुभकामना तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
हरेक वर्ष झै यस वर्ष पनि दाङबोला ग्युाईठिम तामाङ संघले काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्ध स्थित भेट्रान फुटबल मैदानमा बागमती प्रदेश सभा सदस्य एवं प्रदेश मामिला समितिका सभापति छिरिङ दाेर्जे लामाकाे आतिथ्यतामा आगामी माघ १ गते बिहीबार तामाङ समुदायको सांस्कृतिक पहिचान, परम्परा र एकताको प्रतीकस्वरूव ल्हाेछार साँस्कृतिक कार्यक्रम हर्षोल्लासका साथ मनाउन लागेकाे हो ।
गाेकर्णेश्वर नगरपालिका वडा नम्बर ६, लिसङ्खु पाखर गाउँपालिका सिन्धुपाल्चोक,कागेश्वरी मनाेहरा नगरपालिका र चाँगु नारायण नगरपालिका वडा नम्बर ४ सँगकाे सहकार्यमा “तामाङ कला संस्कृति र पहिचान, दाङबोला ग्युईठिम बचाउने हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ आयोजना हुन गईरहेको कार्यक्रममा उपस्थित हुन आयोजकले सम्पूर्णमा आग्रह गरेको छ ।
यसरी ल्होछार पर्व मनाउदाँ सबै जातजातीहरुको संस्कार संस्कृतिको संरक्षण तथा प्रबद्र्धन हुने भएकाले यस्ता किसिमको कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । ल्होछारको यस विशेष कार्यक्रममा तामाङ समुदायको मौलिक संस्कृति झल्काउने नृत्य, संगीत, तथा संस्थागत प्रस्तुतिहरूका साथै परम्परागत प्रस्तुति समावेश गरिने संस्थाका अध्यक्ष कबिता तामाङ थाेकरले जानकारी दिनुभयाे ।
पर्यटनको प्रवर्द्धन, स्थानीय तामाङ संस्कार संस्कृति, भाषा, भेषभुषा र कलाको संरक्षणमा टेवा पुऱ्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष तामाङ बताउनुहुन्छ । समाजसेवी एवं धार्मिक अभियान्ता टेकराज तामाङ र कलाकार सुनिता लुङ्बाले संचालन गर्ने कार्यक्रममा ताम्बा संघ नेपाल,नेपाल ताम्बा घेदुङ संघ, तामाङ जुहारी कलाकार संघ, मौलिक हाईला न्हान लगायत संस्थागत प्रस्तुतिहरू पनि रहेको छ ।
साथै कलाकारहरूले कार्यक्रमलाई आ-आफ्नो प्रस्तुती र मनोरञ्जनात्मक बनाउनेछन् ।

