सोमबार, माघ ०६, २०८२

एनआरएनए अमेरिकाले भन्यो- युवा तथा खेलकुदमन्त्री गुप्तालाई आमन्त्रण गरिएको छैन

काठमाडौँ । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए), अमेरिकाले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई कुनै पनि कार्यक्रममा नबोलाइएको स्पष्ट पारेको छ ।

संघले विज्ञप्ति जारी गरी मन्त्री गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि निमन्त्रणा नगरिएको र अमेरिकामा कुनै पनि युवासम्बन्धी कार्यक्रम आयोजना नगरेको स्पष्ट गरेको हो ।

संघले अनधिकृत गतिविधि, कार्यक्रम वा कथित युवा कार्यक्रमसँग आफ्नो कुनै संलग्नता, स्वीकृति वा सम्बन्ध नरहेको जनाएको छ। साथै, आधिकारिक स्वीकृतिबिनाका कुनै पनि कार्यक्रम, भ्रमण, संकलन वा गतिविधिहरूमा संस्थाको नाम प्रयोग भए त्यसका लागि सम्बन्धित व्यक्ति वा समूह स्वयं जिम्मेवार हुने उल्लेख गरिएको छ ।

राष्ट्रिय समन्वय परिषद्ले आफ्नो नाम र पहिचानको दुरुपयोग गर्ने जो–कोहीमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने चेतावनी दिँदै यस्ता अनधिकृत गतिविधिसम्बन्धी सम्पूर्ण विवरण अमेरिकी होमल्याण्ड सेक्युरिटी तथा नेपालस्थित अमेरिकी दूतावासलाई औपचारिक रूपमा जानकारी गराइसकेको जनाएको छ।

यसमा तपाईको प्रतिक्रिया