सोमबार, माघ ०७, २०८१

दलवलसहित महिला उपाध्यक्ष पदमा अनिता गुरुङको उम्मेद्धारी दर्ता

जापान,२२ साउन । गैरआवासीय नेपाली संघ एनआरएनए जापानको आगामी कार्यकालको लागि महिला उपाध्यक्ष पदमा अनिता गुरुङ लामाले उम्मेदवारी दर्ता गरेकी छन् ।

एनआरएन जापानको २०१७-२०१९ कार्यकालको लागि महिला उपाध्यक्ष पदमा अनिता गुरुङ लामाले आज आईतवार तमुधिको दलवलसहित उम्मेदवारी दर्ता गरेकी तमुधिका सचिव चित्र गुरूङले जानकारी दिनुभयो ।
तमुधी जापानको वरिष्ठ उपाध्यक्षसमेत रहेकी गुरुङले सामाजिक कार्यका लागि आफूले उम्मेदबारी दिएको बताइन् ।

१० वर्षअघि जापान आएकी गुरूङ जापानको नेपाली समुदायमा परिचित गुरूङ एनआरएनए जापानको २०११ -२०१३ कार्यकालमा कार्यसमिति सदस्य तथा २०१३ -२०१५ कार्यकालको आइसीसी महिला प्रतिनिधिको रूपमा समेत काम गरेकी उनले नेपाल फेस्टिबल २०१३ को मुख्य आयोजक ओमनस् कमिटीको उपाध्यक्ष पदमा रही नेपाली कला र संस्कृतिलाई जापानमा चीनाउने कार्यमा महत्वपूर्ण भूमिका निभाएकी थिइन्।aneeta