टोकियो । नेपाली जनप्रगतिशील मञ्च जापानका महासचिव दावा शेर्पालाई नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० भोजपुरले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारमा नाम सिफारिस गरेको छ ।
नेकपा भोजपुर जिल्ला कमिटीले प्रतिनिधि सभा प्रत्यक्षरसमानुपातिक र राष्ट्रिय सभाका लागि शेर्पा सहित १५ जनाको नाम सिफारिस गरेको हो ।
केन्द्रमा पठाएको सिफारिस सूची सार्वजनिक भएसँगै एउटा नामले भने राजनीतिक वृत्तमा विशेष चर्चा पाएको छ, जसमा प्रवासमा पार्टी र सामाजिक संस्थाका नेतृत्वदायी भूमिका निर्वाह गरेका दावा शेर्पा नाम सिफारिसले जिल्ला र शेर्पाका कर्मथलो जापानमा चर्चा भएको छ । विशेषगरी युवा पुस्ता र प्रवासी नेपालीमाझ लोकप्रिय रहेका शेर्पाको नाम ‘सहिद परिवार’ क्लस्टरबाट सिफारिसमा परेको थियो ।
तत्कालीन माओवादी राजनीतिमा होमिएका शेर्पा हाल जापानमा छन् । प्रवासमा रहेर पनी आफ्नो जन्मथलो, पार्टी र संगठनप्रतिको लगावका कारण पार्टीले उनको योगदानको उच्च कदर गरेको छ ।
प्रवासको व्यस्त जीवनशैलीका बाबजुद पनि नेपाली राजनीतिमा उनको सक्रियता र सहिद परिवारको सदस्यका रूपमा उनले निर्वाह गरेको भूमिकालाई सम्मान गर्दै पार्टीले उनलाई उम्मेदवारका रूपमा अघि सारेको हो ।

