शुक्रबार, बैशाख ०७, २०८१

मोरङको पथरीशनिश्चरे नगरपालिकामा शेर्पा संघ गठन

काठमाडौं,२२ साउन ।  शेर्पा जातिहरूको मातृ संस्था नेपाल शेर्पा संघले मोरङ जिल्लाको पथरीशनिश्चरे नगरपालिकामा पनि नगर इकाइ कमिटि गठन गरको छ ।

पथरीशनिश्चरे नगर भित्रको शेर्पाहरु संगठित गराउने उदेश्य शुक्रबार भएको भेलाबाट फुर्वा शेर्पाको अध्यक्षतामा ९ सदस्यीय तदर्थ कमिटि चयन भएको हो  ।  उपाध्यक्ष सान्ता शेर्पा सचिव दावा शेर्पा सह(सचिव लाक्पा दिकी शेर्पा कोषाध्यक्ष तेन्जि शेर्पा सदस्यहरु क्रमश, फुदोर्ची शेर्पा , पेम्बा शेर्पा ,सुम्बा शेर्पा , पासाङ ल्यामु शेर्पा रहनु भएका छ ।

यसैबीच इकाइ कमिटिलाइ सही दिशा निर्देश गरी शेर्पा समुदायको बृहत हकहितका लागिबिबिध कृयाकलाप गर्न नाक्ठेङ शेर्पा , मिसन शेर्पा , मिङमाराम शेर्पा रहेन गरी सल्लाहकार कमिटिपनि गठन भएको छ ।

ताप्लेजुङ शेर्पा समाजको संस्थापक अध्यक्ष मिसन शेपाको अगुवाइमा नेपाल शेर्पा संघ पथरीशनिश्चरे इकाइ कमिटि गठन भएको शेर्पा संघ केन्द्रका संगठन बिभाग प्रमुख देण्डी शेर्पाले जानकारी दिनुभयो ।

शेर्पाका अनुसार चाडै नै मोरङ जिल्ला मा पनि शेर्पा सङ गठन हुने भएको छ । हाल सम्म नेपाल शेर्पा संघले शेर्पाहरूको बाहुल्यता रहेको २२ जिल्लामा जिल्ला कार्य समिति रहेको छ  ।