Nepali date


शनिबार, भदौ ७, २०७६

काठमाडौं जिल्ला समन्वयमा एमालेको एकलौटी विजयी

काठमाडौं,२२ साउन । काठमाडौं जिल्ला समन्वय परिषद्मा नेकपा (एमाले) ले पूरै सिट जितेको छ । आज आईतवार भएको समन्वय परिषद्को निर्वाचनमा एमालेका शिवसुन्दर वैद्य प्रमुखमा चयन भएका छन् ।

यसैगरी, उपप्रमुखमा सरिता दाहाल निर्वाचित भएकी छिन् । सदस्यहरुमा रघुनाथ तिमल्सिना, कृष्ण लम्साल, सावित्रा भट्टराई, उद्धव भण्डारी, पान्दाने लामा, तेजिला थापा र शिला चर्मकार निर्वाचित भएका छन् ।

काठमाडौंका ११ तहको २२ मतमध्ये एमालेले १५ मत ल्याएको थियो । कांग्रेसले भने ७ मत पाएको थियो । कांग्रेसको तर्फबाट प्रमुखमा शशिराज गिरी उठेका थिए ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया