शुक्रबार, कार्तिक २३, २०८१

भरतपुरमा मतगणना जारी,मेयरमा देवी र रेणुविच कडा प्रतिस्पर्धा

चितवन,२१ साउन । भरतपुर महनगरपालिका वडा नं १९ को मतगणना सकिँदासम्म नेकपा एमाले उम्मेदवार देवी ज्ञवालीले २२१ मतको अग्रता कायम भएको छ ।

ज्ञवालीले ४१ हजार ९४६ मत पाएका छन् भने माओवादी उम्मेदवार रेणु दाहालले ४१ हजार ७२५ मत ल्याएकी छन् ।

वडा नम्बर १९ को गणना गर्नुअघि देवीको अग्रता ७८४ थियो । अब यो २२१ मा सिमित भएको छ ।

जेठ १४ गते मध्यराति वडा नम्बर १८०९ गणना हुँदा मतपत्र त्यातिएको थियो । जतिबेला देवीको मत ४० हजार ९८० थियो भने रेणुको ४० हजार १९६ थियो ।

तर, वडा नम्बर १९ मा खसेको सबै मत दबर भयो र शुक्रबार पुन मतदान भएको छ । पुन मतदानमा अघिल्लो पटक भन्दा ११ मत बढी २८७१ मत खसेको थियो ।

पुनः मतदानमा रेणुले अघिल्लो पटक भन्दा बढी भोट पाएकी छन्, जसका कारण उनले एमाले उम्मेदवार देवी ज्ञवालीसँगकत्त अन्तर मात्र २२१ मतमा झारेकी छन् ।

यसअघी वडा नम्बर १९ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । मेयरका लागि एमालेका देवी ज्ञवाली र कांग्रेस माओवादी गठबन्धनका रेणु दाहालको कडा प्रतिस्पर्धा दखिएको छ।