बुटवल । गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न बहाना देखाएर चुनाव हुँदैन भन्नेहरुलाई कामले जवाफ दिने बताएका छन् ।
मंगलबार लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले चुनाव हुँदैन भनेर सार्वजनिक खपतका लागि बोलिएका यस्ता विषयहरुलाई सरकारले आफ्नो काम र भूमिकाबाट जवाफ दिने बताएक हुन् ।
उनले भने, ‘विभिन्न बहाना देखाएर चुनाव हुँदैन भन्ने र गर्न सक्दैनन् भन्ने कुराहरु कहीँ कतै सुनिएका छन्, सार्वजनिक खपतका लागि बोलिएका यस्ता विषयहरुलाई सरकारले आफ्नो काम र भूमिकाबाट जवाफ दिन्छ र दिइरहेको छ ।’
राजनीतिक दलहरुले लुटिएका हतियार र फरार कैदी बन्दीलाई प्रमुख सुरक्षा चुनौतीको रुपमा औंल्याउनु भएको भन्दै गृहमन्त्री अर्यालले धेरै परिमाण्ढामा विशेष अपरेसनमार्फत् यी हतियार फिर्ता ल्याइसकेको बताए ।

