शुक्रबार, कार्तिक २२, २०८२

दशौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता गर्ने निर्णय

काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद यसै वर्ष फागुनमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपको बुधबार बसेको १२३औं बोर्ड बैठकले प्रतियोगिता फागुन १ देखि ७ सम्म गर्ने निर्णय गरेको राखेपका एक सदस्यले जानकारी दिएका हुन् ।

गत वर्ष मंसिरमा हुनुपर्ने राष्ट्रिय खेलकुदको मिति तीनपटकसम्म सारिँदै स्थगित भएको थियो जसका कारण गत आर्थिक वर्षमा प्रतियोगितन नहुने निश्चित भएको थियो ।

नयाँ खेलकुदमन्त्री बब्लु गुप्ता नियुक्त भएपछि बसेको पहिलो बैठकबाट राष्ट्रिय खेलकुदको मिति तोकिएको हो ।

२०७९ सालमा गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदको समापन अवसर दुई वर्षपछि २०८१ मंसिरमा दशौँ कर्णाली प्रदेशमा गर्ने गरी झण्डा हस्तानतरण गरिएको थियो ।

यसमा तपाईको प्रतिक्रिया