चितवन,२० साउन । भरतपुर महानगरपालिका वडा नम्बर १९ मा ७५.५८ प्रतिशत मतदान भएको छ । तीनवटा मतदानस्थलका ६ वटा केन्द्रमा गरी २ हजार ८७० मत खसेको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले जानकारी दिए ।
किरण मावि, किरणगञ्ज मतदानस्थलमा एक हजार २ सय ४८ मतदाता मध्ये ९५३ मत खसेको छ । जीवनज्योति स्कूल गुञ्जानगरमा १ हजार ३ सय ६ मतदाता मध्ये १०१४ मत र शारदानगर माविमा एक हजार २ सय ४३ मध्ये ९०३ मत खसेको छ । यो वडामा कुल ३ हजार ७ सय ९७ मतदाता छन् । यसअघि बैशाख ३१ गते भएको निर्वाचनमा वडा नम्बर १९ मा २ हजार ८ सय ६० मत खसेको थियो ।
पहिलो चरणको निर्वाचनमा भरतपुरको १९ को मतगणना भइरहँदा माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि सर्वोच्चको आदेश अनुसार आज पुनः निर्वाचन भएको हो । निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ ।