काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न १३ निर्णय गरेको छ । मंगलबार पत्रकार सम्मेलन गरी सरकारले बैठकका निर्णय सार्वजनिक गरेको हो ।
बैठकले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा नेपाल न्याय सेवा, सरकारी वकील समूहका सहन्यायाधिवक्ता घनश्याम ओझालाई तोक्ने, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप कोष सञ्चालन नियमावली, २०८२ स्वीकृत गर्नेलगायत निर्णय गरेको छ ।
त्यस्तै, बैठकले विपद् संकटग्रस्त क्षेत्र घोषणा भएका इलाम जिल्लाका प्रभावित स्थानीय तहहरूलाई सहयोग उपलब्ध गराउन आवश्यक पर्ने पाँच करोड ३० लाख रुपैयाँ विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

