रामेछाप,२० साउन । जिल्ला समन्वय समिति रामेछाप एमालेले एकलौटी बनाएको छ । शुक्रबार भएको समन्वय समितिको निर्वाचनमा नेपाली काँग्रेस र नेकपा मओवादी केन्द्र गठबन्धनको प्यानललाई नै ३ मतले हराउदै एमालेले समन्वय समिति एकलौटी बनाएको हो ।
निर्वाचनबाट काँग्रेस माओवादी गठबन्धनका सभापति पदका उम्मेद्वार नारायण बोगटीलाई ३ भोटले हराउदै एमालेका प्रेम बहादुर खड्का समन्वय समितिको अध्यक्षमा निर्वाचित भएका छन् ।
त्यसैगरी गठबन्धनबाट उपाध्यक्षको उम्मेद्वार प्रेम सागर थापालाई ३ भोटले हराउदै एमालेकी दिपा पाख्रीन उपाध्यक्षमा निर्वाचित भएका छन् ।
काँग्रेस माओवादी गठबन्धनका सबै सदस्यलाई हराउदै एमालेका रमेश वाग्ले , मैया सार्की, राधा गुरुङ, राम बहादुर तामाङ, निङडोमा सेर्पा, पूर्ण बहादुर महत र गणेश बहादुर माझी निर्वाचित भएका छन् ।
समन्वय समितिको निर्वाचनमा २ नगरपालिका प्रमुख र उपप्रमुख ६ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष गरी १६ जनाले भोट हालेका थिए । जसमा नेकपा एमालसंग ९ भोट थियो भने काँग्रेस माओवादी गठबन्धनसंग ७ भोट थियो । खसेको १६ भोटमा काँग्रेस माओवादी गठबन्धनको एक भोट बदर भएको रामेछापका मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले जानकारी दिए ।