आइतबार, कार्तिक १०, २०८२

खेलकुदमन्त्री गुप्ताको पहिलो निर्णय: सबै निकायको बैठक लाइभ गर्ने

काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्रालय मातहतका सबै निकायको बैठक लाइभ गर्ने निर्णय गरेका छन् । आइतबार मन्त्री नियुक्त भएपछि पदभार ग्रहणका क्रममा उनले यस्तो निर्णय लिएका हुन् ।

मन्त्री गुप्ताको यो पहिलो निर्णय हो ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा गुप्तालाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री नियुक्त गरेका हुन् ।

यसमा तपाईको प्रतिक्रिया