आइतबार, बैशाख ०६, २०८३

विद्यार्थीलाई छेकेर संसद भवन अघि पुर्‍याइयो, गोली चलेको घटना दुखदायी: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले जेनजीको मागमा आफ्नो समर्थन रहेको बताएका छन्। सम्पादकहरूसँगको संवादमा बोल्दै जेनजीको आफूले कुनै विरोध नगरेको प्रष्टीकरण दिए।
उनले भने, ‘ब्यारगेट तोड्ने मोटरसाइकलवाला आएर उधुम सुरु गरे जेनजीले फर्क्यौ भनेर फर्किए माइकिङ नै गरे । संसद् भवन जाँदा पहिला जस्तो तयारी थियो त्यो देखिएन २२ गते राति मलाई विद्यार्थी आउँछन् जान्छन् शान्तिपूर्ण हुन्छ भन्ने सुरक्षा ब्रिफिङ थियो।

उनले विद्यार्थीको आन्दोलनमा गोली चलेको सुनेपछि गृहमन्त्रीलाई सोध्दा रबरको भन्ने जवाफ पाएको पनि जिकिर गरे। केही बेरमै फेरि दुई चार जना विद्यार्थी मरेको खबरे सुनेँ। विद्यार्थी मानिनुपर्ने के परिस्थिति बन्यो रु अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा घुसपैठ भयो। सडकमा शान्त कायम गर्न बसेका प्रहरीसँग एसएलआर जस्ता गोलीगठ्ठा हुँदैनन्। गोली चलेर चार पाँच जनाको मृत्यु भएको सुन्नेबित्तिकै म मर्माहत भएर गृहमन्त्रीलाई सोधे । म वास्तवमा धेरै चिन्तित भएँ र छानविन गराउने निर्णय पनि गरिसकेको थिएँ ।
उनले २३ गतेको गोलीकाण्ड छानबिन गर्नको लागि मन्त्रिपरिषद्को बैठकबाट आयोग गठन गरिसकेको पनि बताए। २३ र २४ गतेको घटनालाई निष्पक्ष छानबिन गर्नुपर्ने बताए।
अध्यक्ष ओलीले आफूले कुनै अहंकार देखाएको नभई सत्य बोलेको बताएका छन्। सम्पादकहरूसँगको संवादमा बोल्दै आफूले कुनै दम्भ र अहंकार नदेखाएको बताए।