आइतबार, कार्तिक १०, २०८२

सरकारले ११ देशका राजदूतहरुलाई फिर्ता बोलायो, कात्तिक २० भित्र फर्किन उर्दी

काठमाडौं । सरकारले विभिन्न ११ देशका राजदूतालाई फिर्ता बोलाएको छ । अघिल्लो सरकारले नियुक्त गरेका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

सरकारले चीनका लागि राजदूत राजदूत कृष्णप्रसाद ओली, जर्मनीका शैल रुपाखेती, इजरायलका धनप्रसाद पण्डित, मलेसियाका डा। नेत्रप्रसाद तिमल्सिना, कतारका रमेशचन्द्र पौडेल, रुसका जंगबहादुर चौहान, साउदी अरबका नरेशविक्रम ढकाल, स्पेनका शनिल नेपाल, बेलायतका चन्द्रकुमार घिमिरे, अमेरिकाका लोकदर्शन रेग्मी र जापानका डा। दुर्गाबहादुर सुवेदीलाई राजदूतबाट फिर्ता बोलाएको हो ।
त्यसमध्ये १० राजदूत अघिल्लो केपी ओली सरकारले नियुक्त गरेका हुन् । ती मध्ये अधिकांश राजदूत १६ साउन २०८१ मा सिफारिस भएका हुन् ।

जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी भने शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा २०७९ सालमै नियुक्त भएका हुन् । नियुक्त हुँदा परराष्ट्र मन्त्रालयका सहसचिव रहेका सुवेदी यही बीचमा अवकाशमा गइसकेका थिए ।

यी हुन् कात्तिक २० भित्र फर्किनुपर्ने राजदूत
डा.कृष्ण प्रसाद ओली,चीन
लोकदर्शन रेग्मी,अमेरिका
चन्द्र घिमिरे,बेलायत
नेत्र तिम्सिना,मलेसिया
शैल रुपाखेती,जर्मनी
धनप्रसाद पण्डित,इजरायल
जंगप्रसाद चौहान,रुस
सनिल नेपाल,स्पेन
रमेशचन्द्र पौडेल,कतार
नरेशविक्रम ढकाल,साउदी
डा. दुर्गाबहादुर सुवेदी,जापान

यसमा तपाईको प्रतिक्रिया