काठमाडौं । नेकपा एमालेले पार्टीको महाधिवेशन गर्ने, संसद् पुनस्थापना लागि नेतृत्व लिन र अहिले भएको प्रतिगमनविरुद्ध एकजुट हुने निर्णय गरेको छ । तीन दिनदेखि जारी पदाधिकारी बैठकले यी विषय पार्टीको केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय भएको उपमहासचिव प्रदीपकुमार ज्ञवालीले जनाए ।
बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्नै नेता ज्ञवालीले यही २९,३० र ३१ गते हुने केन्द्रीय कमिटी बैठकमा यी एजेन्डा लैजाने निर्णय भएको जनाएका हुन् ।
उनले सरकार असंवैधानिक तरिकाले बनेको र चुनावको कुनै वातावरण नभएको जनाए ।