आइतबार, फागुन १३, २०८०

योजना आयोगको उपाध्यक्षमा डा.वाग्ले नियुक्त

काठमाडौं,१९ साउन । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. स्वर्णीम वाग्लेलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले बाग्लेलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । योजना आयोगका  उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले मंगलबार राजीनामा दिनुभएको थियो । उपाध्यक्षमा नियुक्त हुनु अघि उहाँ आयोगको सदस्य हुनुहुन्थ्यो ।
कांग्रेसको सिफारिसमा लगातार दुई कार्यकाल सदस्य बनेका उनी शेरबहादुर देउवा नेतृत्वको सरकारमा योजना आयोगको उपाध्यक्षको जिम्मेवारीमा आएका हुन । वाग्लेले विश्व बैकको मुख्यालय वासिङटन डिसिमा वरिष्ठ अर्थशास्त्रीको रुपमा काम गरेका थिए । राष्ट्रसंघीय विकास कार्यक्रममा पनि उनीसँग नीति विश्लेषकको रुपमा काम गरेको अनुभव छ ।