काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले एमाले सम्बद्ध युवा संघलाई मोटरसाइकल र्याली र सभा गर्न रोक लगाएको छ ।
युवा संघले शनिबार काठमाडौंमा मोटरसाइकल र्याली आयोजना गर्ने घोषणा गरेको थियो । तर काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले कुनै पनि समूह वा संगठनलाई र्याली, जुलुश र सभा जस्ता कार्यक्रम गर्न अनुमति नदिइएको जनाएका छन् ।