बिहिबार, असार ०७, २०८१

चितवनस्थित कालीखोलाको पहिरोले यात्रु बस र जीप बगायो

काठमाडौं,१९ साउन । चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत कालीखोला भन्ने स्थानमा खसेको पहिरोले यात्रु बस र जीप बगाएको छ ।

इच्छाकामना गाउँपालिका ६ कालिखोलामा झरेको पहिरोले ना ६ ख ७१२१ नम्बरको बस र बा १५ च ९३८१ नम्बरको स्कार्पिओ जीप बगाएर त्रिशुली नदी किनारमा खसाएको हो । यात्रुहरु सकुशल रहेको प्रारम्भिक विवरण प्राप्त भएको मुग्लिन प्रहरीले जनाएको छ ।

‘अहिलेसम्म मानवीय क्षति नभएको जानकारी आएको छ । हामी गाडीवालाहरुसँग पनि बिस्तृतमा बुझ्दै छौं,’ मुग्लिन प्रहरीको सन्चार शाखाका एक कर्मचारीले अनलाइनखबरसँग भने ।

पहिरो झरेको ठाउँ मुग्लिनबाट नारायणगढतर्फ करिब ४ किलोमिटर टाढा पर्दछ । साँझको बेला पहिरो झरेकाले उद्धारमा समस्या भएको छ ।