काठमाडौं । अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र विशेषज्ञ डा. सन्दुक रुइत र संविधानविद् डा. भीमार्जुन आचार्यलाई मन्त्री बन्न गरेको प्रस्ताव अस्वीकार गरेका छन्।
डा. रुइतलाई स्वास्थ्य मन्त्रालय सम्हाल्न आग्रह गरे पनि उनले बिरामी छाडेर राजनीतिमा जाने इच्छा नभएको बताए। त्यस्तै, डा. आचार्यले पनि आफ्नो जीवन संविधान, लेखन र स्वतन्त्रतामै अर्पण गर्ने भन्दै मन्त्री पद ठाडै अस्वीकार गरेका छन्।
पैसाले भरिएको ब्रिफकेस बोकेर बिचौलियाहरु मन्त्री बन्न र बनाउन प्रधानमन्त्रीकोमा धाउने गर्दथे तर जेनजी पुस्ताको क्रान्तीसंगै समय फेरिएको छ ।
आगामी फाल्गुन २१ गते चुनाव घोषणा गरेको प्रधानमन्त्री कार्कीले राजनीतिक दल बाहेक योग्य र अनुभवी मन्त्री खोजिरहेकी छन् ।

