सोमबार, कार्तिक ११, २०८२

जेन–जी आन्दोलन: ढल्यो सत्ता, विध्वंशबाट उठ्न अन्तरिम सरकार

पुष्पा महरा ।
नेपालको इतिहासमा पहिलो पटक आन्दोलन गरेको २७ घण्टाभित्र सत्ता परिवर्तन भएको छ । ‘जेन–जी’ अर्थात १३ वर्षदेखि २८ वर्ष उमेर समूहका नागरिकहरुको प्रमूख भूमिका खेलेका यस आन्दोलनले नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनको सरकारलाई ढाल्न सफल भएको छ । पहिलो दिनको आन्दोलनमा १९ जनासहित हालसम्म ५१ जनाले २ दिने जेन जी आन्दोलनमा ज्यान गुमाएका छन् ।
देशको न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाको भवनसहित देशभरका सरकारी भवन, नेताका निजि घर, ठुला ब्यापारिक भवन, प्रहरी चौकीहरु जलेर ध्यस्त बनेका छन् । वेवास्ता गर्दा विध्वंश भयो ।
नेपालमा फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप लगायत २६ वटा सामाजिक सञ्जालहरुमा प्रतिवन्ध लगाउन ९ भदौमा मन्त्रिपरिषद्ले निर्णय ग¥यो । १२ भदौभित्रमा दर्ता नगरे नेपालमा सामाजिक सञ्जाल प्रतिवन्ध निर्णय गरेको थियो । नेपालमा सामाजिक सञ्जाल बन्द गर्न नहुने भन्दै चौतर्फी दवाव बढीरहेको थियो । सामाजिक सञ्जालमार्फत नै सामाजिक सञ्जाल बन्द गर्न नहुने भन्दै सरकारको आलोचना भइरहेको थियो । सरकारले त्यसलाई वेवास्ता ग¥यो । जेन्जी सडकमा आउने घोषणा ग¥यो । जेन जीले सामाजिक सञ्जाल माथिको प्रतिबन्धको लागि मात्र विरोध नभइ बेतिथी र समग्र भ्रष्टाचारको विरोधमा रहेको जनाउँदै देशका विभिन्न शहरहरूमा दिनभर प्रदर्शन गरे । तर राजधानी काठमाडौँको प्रदर्शनमा भने हिंसात्मक आन्दोलन भयो ।

आन्दोलनकारी विद्यार्थीहरु माथि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अत्यधिक दमन ग¥यो । गृहमन्त्री रमेश लेखकको ठाडो निर्देशनमा काठमाडौंका प्रमूख जिल्ला अधिकारी सिडियोले आन्दोलनमा उत्रिएका कलिला बालबालिकामाथि गोली चलाउन निर्देशन दियो । प्रहरीले निर्देशन बमोजिम गोली चलायो बानेश्वर एरियामा नरसंहार भयो । काठमाडौंमा १७ जना र इटहरीमा दुई जना गरी १९ जना बालबालिकाको मृत्यु भयो । काठमाडौंमा मात्रै झण्डै चार सय जना विद्यार्थी घाइते भएका छन् ।
विरामीलाई रगत दिन जानेमाथि प्रहरीको धरपकड घटनापछि मृतक र घाइतेलाई अस्पताल लैजाने क्रम सुरु भयो । बानेश्वरस्थित सिभिल अस्पताल आन्दोलनका घाइते विरामीले भरिभराउ बने । त्यसमाथि प्रहरीले इमर्जेन्सी वार्डमै गएर आक्रमण गरेको र टियर ग्यास हानेको भिडियो बाहिरियो । घाइतेहरुलाई रत्नपार्कको ट्रमा सेन्टर, महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगायत अस्पतालहरुमा उपचारका लागि लगियो । प्रहरीको गोली लागेर रक्तकुण्ड बनेको बानेश्वरमा कफ्र्यु जारी गरियो । अस्पतालहरुमा विरामीको चाप बढ्यो, रगत अभाव भन्यो । सामाजिक सञ्जालबाट उक्त कुरा थाहा भएपछि आसपसका मानिसहरु विरामीलाई रगत दिन जाँदा प्रहरीले रोक्यो र लाठी बर्सायो । ट्रमा सेन्टरको गेटमा विरामीका आफन्तले सरकारविरद्ध नारा लगाउँदै आक्रोश व्यक्त गर्दा प्रहरीले त्यहाँ पनि आफ्नो बर्बरता छोडेन । पीडितमाथि थप लाठी बर्सायो ।

सरकार थप क्रुर, जनताको धैर्यको बाँध टुट्यो
झोलामा कापी,कलम बोकेर हिँडेका बालिबालिकाको निधारमा प्रहरीले ताकी ताकी गोली हानेर सडकमा ढलेका हृदयविदारक फोटा तथा भिडियोहरु सामाजिक सञ्जालमा निकै चर्चामा रहे । सरकारको चौतर्फी आलोचना हुन थाल्यो । घटनापछि सरकारले क्षमायाचना गर्नुको सट्टा उल्टै मंगलबार विहानैदेखि कफ्र्युको घोषणा ग¥यो । नरसंहारपश्चात सोमबार देखि नै बानेश्वर क्षेत्रमा कफ्र्यु घोषणा भयो । रातभर प्रहरीहरुले त्यस क्षेत्रका स्थानीयको घर–घरमा ढोका हान्दै यातना दिएको भिडियोहरु सामाजिक सञ्जालबाट बाहिरिए । सरकारले गल्ती स्वीकार गर्नुको सट्टा थप क्रुर बन्दै गयो । भोलिपल्ट अर्थात मंगलबार विहानैदेखि देशव्यापी कफ्र्युको घोषणा ग¥यो ।

संरचना जलेर खरानी
जेन्जी आन्दोलनको दोस्रोदिन देशमा विध्वंश भयो । देश पूर्ण रुपमा जलेर खरानी भयो । झोलामा कापी कलम बोकेर शान्तिपूर्ण आन्दोलमा हिँडेका कलिला नवयुवाहरु कहिल्यै घर फर्किएनन् । कैयन घाइतेहरु अस्पतालमा छट्पटाइरहे । यो दृश्यले धैर्यताको बाँध टुट्नु स्वभाविक पनि थियो । सरकारले लगाएको कफ्र्युको अवज्ञा गर्दै जनता सडकमा ओर्लिए ।
कलिला मुनाको निधारमा प्रहरीले हानेको गोली सम्झिँदै आफूलाई पनि गोली हान्न प्रहरी समक्ष पुगे अभिभावक वर्गको भिडियो सार्वजनिक भएपछि देशव्यापी उर्लिएको जनताको भार सरकारले थेग्न सकेन । संसद्भवनबाट आगो लगाउन सुरु भयो । आक्रोशित भीडले प्रधानमन्त्री निवास बालुवाटारसहित प्रधानमन्त्री, मन्त्री तथा नेताहरुको घर छानीछानी आगो लगायो ।
प्रहरी वृत्तमा आगो लगाइयो, सरकारी संरचनामा आगो लगाइयो । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढालिकण्ठदेखि, ड्रोन भ्यु हिल्टन होटेल, नक्सालको भाटभटेनी, बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास र राष्ट्रपति कार्यालय शीतल निवास, सिंहदरवार, सर्वोच्च अदालत, जिल्ला अदालत, नगरपालिका, प्रहरी कार्यालयलगायत कुनै पनि संरचना बाँकी रहेनन् । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादीलगायत कुनैको पनि पार्टी कार्यालय बाँकी रहेन । आक्रोशित भीडले आगो लगाएर खरानी बनायो ।

प्रधानमन्त्री देखि मन्त्री नेताको भागाभाग
दल र नेतालाई निशाना बनाएर गरिएको आन्दोलनका कारण अहिले देशका राष्ट्रपतिदेखि प्रधानमन्त्री गुमनाम जस्तै छन् । आन्दोलनकारीले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई निशाना बनाएर घरमै पुगेर आगजनी गर्नेदेखि कुटपिटसम्म गर्न भ्याए ।
आन्दोलनकारीको मुख्य निशानामा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनी धर्मपत्नी आरजु राणा देउवा परे । आक्रोशित भीडले बुढानिलकण्ठस्थित देउवा निवासमा आगजनी मात्र गरेनन्, उनीहरूले देउवा दम्पतीलाई कुटपिट र लछारपछारसमेत गरे । जेन्जी आन्दोलनलाई अप्रत्यक्ष रुपमा सत्ताबाट पील्सिएकाहरुले नेतृत्व गरिरहेको भिडियोहरुमा देख्न सकिन्छ ।

उनले नै नेता मन्त्रीहरुको घर छानी छानी आगो लगाउन पुगेका थिए । यता सडकमा भीड आक्रोशित बन्दै गर्दा केहीले सरकारबाट राजीनामा दिइसकेका थिए भने केहीले छोड्ने तयारी गरिरहेका थिए । कांग्रेस सभापति देउवा भने यतिबेलासम्म पनि मौन थिए । यतिबेला धेरै ढिला भइसकेको थियो । बुढानिलकण्ठस्थित देउवा दम्पत्तिमाथि उनकै निवासमा आक्रमण भयो । घरमा आगो लगाइयो, घरबाट पैसा उठाएर आकाशमा उडाइएको भिडियो सञ्जालामा देख्न सकिन्छ । त्यस्तै सोमबार नै राजिनामा दिइसकेका तत्कालिन गृहमन्त्री रमेश लेखकले पनि घरमा अक्सीजन दिनुपर्ने आमालाई छोडेर फरार भए, प्रदर्शनकारीले ती आमालाई बाहिर निकाली घरमा आगो लगाईदिए । केही नेताहरुमाथि कुटपिट भयो । अन्य नेताहरु भाग्न सफल भए ।
पूर्वप्रधानमन्त्री झलनाथ खनालपत्नीमाथि जिउँदै आगो लगाइयो, पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनले आफ्ना वृद्ध बाबुलाई घरमा छोडेर ज्यान जोगाउन भागे । उनको घरमा पनि आगो लगाइयो । प्रचण्ड पुत्री गंगा दहालको घरमा आगो लगाइयो । घरभित्र शव फेला परेको छ । त्यो शव कसको हो खुल्न आएको छैन । अवस्था झन्झन विग्रँदै गएपछि जेन्जीले माग गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा दिए ।


रोकिएन आगजनी र लुटपाट

ओलीको राजीनामापछि केही बेर सेलाएको जस्तो देखिएको जेन्जी आन्दोलन केहीबेरमै पुनः झन् आक्रमक बन्यो । सिंहदरवार अगाडि जम्मा भएको भीड एकाएक उचालियो ।
जबकी उनीहरुको माग मुलुकमा भ्रष्टाचार रोक्ने सामाजिक सञ्जाल सुचारु हुने तथा प्रधानमन्त्रीको राजिनामासम्म मात्रै थियो । त्यसैले प्रधानमन्त्रीको राजीनामाथि केहीबेर अल्मलिएको भीडलाई कसैले नेतृत्व गरेको संकेत देखियो र सिंहदरवारमा आगलागी सुरु भयो । लगत्तै सर्वोच्च अदालत, विशेष अदालत बबरमहल हुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भवनमा समेत आगो लगाइयो ।
सामाजिक सञ्जालबाट जेन्जी आन्दोलन सफल भएको भन्दै उनीहरुलाई घर फर्किन आग्रह गरे । सिंहदरवारमाथि आक्रमण नगर्न धेरै अभियान्ता देखि जेन्जीहरुले आदर्श मान्ने स्वय काठमाडौं महानगरपालिकाका मेयर बालन शाहले समेत फेसबुकमार्फत उनीहरु सरकारी सम्पत्तिमा आगजनी नगर्न भन्दै आफूहरु सफल भएकाले घरफर्किन आग्रह गरे । तर उनको आग्रह घरमा बसेकाले मात्रै देखे । अर्थात आगजनी रोकिएन । प्रदर्शनकारीहरुले सरकारी मात्रै नभई नीजि सम्पत्तिमा समेत तोडफोड तथा आगजनी गरे । झण्डै ११७ वर्षभन्दा पुरानो इतिहास बोकेको धरोहर सिंहदरवार दनदन दन्कियो । अदालतमा आगो लगाएर भ्रष्टचारीहरुको प्रमाण नष्ट गर्ने काम भयो ।
राति ९ बजेपछि काठमाडौंको चुच्चेपाटीस्थित भाटभटेनीमा दन्कियो । विनोद चौधरीको नीजि निवास तथा विभिन्न कम्पनीहरुमा आगजनी तोडफोड भयो । कान्तिपुर र अन्नपूर्ण पोष्ट मिडियाको कार्यालय, चन्द्र ढकालको चन्द्रागिरी केवलकारलगायत विभिन्न कम्पनीमा आक्रमण भयो । राती १० बजे नयाँ वसपार्कस्थित लोत्से महलमा आगो लगाइयो ।
जहाँ आगजनी र तोडफोड गरियो, त्यसअघि त्यहाँका सरसामान चोरी तथा लुटपाट गरिएको भिडियोहरुमा देख्न सकिन्छ । कुनै कुनै स्थानमा स्थानीयले प्रतिकार गर्न खोजे जस्तो देखिएपनि उनीहरु सफल भएका छैनन् । बानेश्वरस्थित नेपाल वाणिज्य बैंकमा आगजनी गरी लुटपाट गर्ने कार्य भयो । नेताले भ्रष्टाचार ग¥यो भनेर विरोध गर्नेहरु चान्स पाएमा जनताले कसरी भ्रष्टाचार तथा लुटपाट गर्दारहेछन् भन्ने कुरा मंगलबारको घटनाक्रमबाट छर्लंग हुन्छ । नेताले चान्स पाउँदा कमायो, भ्रष्टाचार भयो भनेर रिसाउने जनताहरुले पनि चान्स पाउँदा चोरी लुटपाट गरेको कुरा प्रमाणित भएको छ ।

मुक्दर्शक सेना, लाचार प्रहरी, कैदीहरु फरार जेन्जी आन्दोलनको दोस्रो दिन निकै भयानक र विध्वंशकारी बन्यो । सोमबारको सरकारको अहंकारी व्यवहारले मंगलबारको भीडलाई प्रहरीले थेग्न सकेन । नेताहरुको भागाभाग भयो, प्रहरीहरुको पनि उस्तै हालत । आन्दोलनकै बीचमा एउटा भीडले मौकाको फाइदा उठाउँदै सहकारी ठगी प्रकरणमा जेल जीवन विताइरहेका रास्वपा सभापति रवि लामिछानेलाई निकाल्न नख्खु जेल पुगे । केहीबेर त्यहाँ भीडभाड गरेपछि मौका पर्खिराखेका रवि लामिछाने निस्किए । बलात्कारदेखि हत्या आरोप लागेकासमेत सबै कैदीहरु सोही मौकामा बाहिर निस्किए । भीडले प्रहरी कार्यालयमा आगो लगायो ।
त्यस्तै महाराजगञ्जस्थित प्रहरी कार्यालयमा आगो लगाउँदै प्रदर्शनकारीले दुई जना प्रहरीको हत्या ग¥यो । कालीमाटीमा प्रहरीको गोली लागी दुई जना प्रदर्शनकारीको मृत्यु भयो । बानेश्वरस्थित प्रहरी वृत्तमा दोहोरो झडप हुँदा प्रहरीको गोली लागी दुई जना प्रदर्शनकारीको मृत्यु भयो ।
सिंहदरवारसहित सर्वोच्च अदालतलगायत देशको धरोहारमा प्रदर्शनकारीले आगो लगाउँदै गर्दा त्यहाँबाट करिव ५० मिटरको दूरिमा रहेको नेपाली सेनाको जंगी अड्डा भने मुकदर्शक बन्यो ।
उसोतः सोमबार जेन्जीको आन्दोलनमा पनि नयाँ वानेश्वरमा नेपाली सेना मौन बस्दा आन्दोलनलाई समर्थन गरेको भन्ने भान भएको थियो । तर मंगलबार पनि सेना मौन बस्नुले भने नेपाली सेनापनि आलोचित बनेको छ । हुनतः प्रधानमन्त्रीले राजीनामा दिएपछि सेनाले जनताको सुरक्षा गर्ने प्रतिवद्धता जनाएको छ । राति १० वजेबाट जनताको सुरुक्षामा पनि निस्किसकेको छ । तर लुटपाट भने रोकिएको छैन । ठाउँ ठाउँबाट जेन्जीका समूह तथा स्थानीयहरुले केही त्यस्ता लुटेराहरुलाई पक्राउ पनि गरेका छन् । तर सेनाले नै सुरक्षा गर्ने भएपछि केही अगाडिदेखि नै गरेको भए क्षति कम हुने थियो भन्ने धेरैको आशा रहेको छ ।
आपसमा लड्न थाले जेन्जी,अन्यौलमा देश जाने भएकोले विगतको आन्दोलनले स्थापित गरेको लोकतान्त्रिक गणतन्त्रको जगमा अघि बढ़नु देश,जनता र जेनजी पुस्ताको लागि फलदायिक हुनेछ ।

नयाँ प्रधानमन्त्री र अबको बाटो
चुनौतीको बीचमा जेनजीहरूको प्रस्तावमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारका प्रधानमन्त्री बनेकी छन् । पहिलो महिला प्रधानन्यायाधीशको इतिहास रचेकी कार्की पहिलो महिला प्रधानमन्त्री बनेकी हुन् ।

कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न डेडलाइन तोकेरै राष्ट्रपति रामचन्द्र पौडेललाई सार्वजनिक दबाव दिएर जेनजीहरूले आफ्नै प्रतिनिधित्व भएको सन्देश दिएका थिए। जेनजी आन्दोलनलाई समर्थन जनाउँदै कार्की सडकमै पुगेकाले पनि उनीहरूले अपनत्व लिएको बुझ्न सकिन्छ ।
६ महिनामा निर्वाचनजेनजीहरूको विद्रोहबाट सत्ता हात पारेकी नागरिक समाजकी प्रधानमन्त्री कार्कीलाई पुराना दल र तिनका नेतृत्वमा देखिदै आएको कमजोरी सुधार्नु, बेतिथि, भ्रष्टाचार अन्त्य चुनौती हुनेछ ।
आन्दोलनको शक्तिले प्रधानमन्त्री बनेकी कार्कीलाई जेनजीहरूको आन्दोलनका क्रममा मृत्यु भएकाको परिवारलाई सम्बोधन, घटनाको छानबीन, सिंहदबार, नागरिक समाजको सरकार बनेकोले मन्त्रीहरूको नियुक्ति सहित विध्वंशमा भएको घुसपैठमाथि छानबीन लगायत कार्य गर्नु पर्ने छ ।

देशभर भएको आगजानी र तोडफोडमा जेनजीहरूको मात्र संलग्नता रहेको छैन । आन्दोलनका क्रममा प्रहरीमाथि जस्तो व्यवहार भयो, उनीहरूको मनोबल उकास्न पनि छ । जेलबाट कुख्यात कैदीहरू भागेका छन, सामाजिक सद्भाव कायम राख्नु अर्को चुनौती हो ।
यी सब चुनौतीको बीच ६ महिना भित्र चुनाव गराउने दायित्व रहेको छ । यो सरकारले संविधानका व्यवस्थामा रहेर प्रगतिशील गतिमा निर्वाचन गरेर आफू बिदा भए देशले केहि मुहार फेर्ने थियो, शुभकामना ।