जापान । गैरआवासीय नेपाली संघ एनआरएनएको एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा जापानबाट दिपक कँडेलले उम्मेदवारी दिने भएका छन् ।
जापानमा सन् २०१५ मा एनआरएनए जापानको सदस्यका रूपमा आएर दुई कार्यकाल सदस्य २०१९(२१ मा एसिया प्यासिफिक क्षेत्रीय समितिको युवा संयोजक र हाल सोहि समितिको उप संयोजकमा रहेर दुई कार्यकाल काम गरिरहेका छन ।
जापानमा क्रियाशील बिहुकोट समाज जापानको अध्यक्ष समेत रहेका युवा व्यावसायी कँडेल जापानमा समाजिक कार्य गर्नेमा परिचित व्यक्ति हुन । एनआरएनएको अभियानमा निरन्तर सक्रिय रहदै आएका कंडेल सरल र मिजासिलो स्वभावका एनआरएनए अभियन्ताका रुपमा समेत चिनिन्छन ।
एनआरएनएमा तहगत समन्वयात्मक सहकार्यसहित युवा सहभागिता, सबैको अपनत्व भएको प्रविधि मैत्री दोश्रो पुस्ता समावेश एनआरएनए आजको आवश्यकता लाई कार्यान्वयन गर्नका लागि स्पष्ट योजना र कार्यक्रमसहित संयोजक पदमा उम्मेदवारी दिएको बताउने कँडेलले विगतमा आफुले पाएको जिम्मेवारी सफलता साथ पुरा गरेकोले एसिया प्यासिफिकका डेलिगेट्सहरूले भरोसाका साथ मत दिनेमा विश्वस्त छन ।
हामीले नयाँ पुस्तालाई नेपाल र नेपाली अनि नेपालीका लागि नेपाली भन्ने नाराको अर्थ तथा एनआरएनएमा नसमेटने यस्ता कार्यक्रमले उत्प्रेरित गर्ने भएकोले यस्तै कार्यक्रमलाई नियमितता दिनका लागि आफ्नो उम्मेदवारी भएको दाबी गरे ।
एनआरएनएको मर्म र भावना अनुरुप व्यक्तित्व बिकास समेत आवश्यक रहेको भन्दै पछिल्लो पुस्तालाई नेपालप्रति सामिप्यता र उत्तरदायित्व बहन गर्दै अगाडी बढाउन जोड दिने कंडेल बताए ।
संस्थालाई पारदर्शिता, गतिशील र व्यवस्थित बनाउन आफ्नो क्षमतालाई उपयोग गर्नका लागि एनआरएनएको अभियानमा रहिरहन पदीय जिम्मेवारी आवश्यक भएको भन्दै आफ्नो उम्मेदवारी फगत पद र प्रतिष्ठाको लागि मात्र नभएर एनआरएनएको संस्थागत सुदृढीकरणका लागि भएको भनाई छ ।
एनआरएनएको हालको विवादलाई नजिकबाट नियालेका कँडेलले सहमति सहकार्य र सम्पूर्णको आत्मसम्मान हुने गरि विवादको समाधान खोज्न निम्ति नेतृत्व तहलाई उनको सुझाव छ।

