काठमाडौं । नेवार समुदायले इन्द्रदेवको पूजा आराधनासहित काठमाडौंको वसन्तपुरमा इन्द्रजात्रा मनाइएको छ । शनिबार विशेष कार्यक्रमका बीच वसन्तपुरमा इन्द्रजात्रा मनाइएको हो । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठदिनसम्म मनाउने प्रचलन छ ।
इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ ।
इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि सुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ । सो अवसरमा काठमाडौं महानगरपालिकाले प्रत्येक वर्ष विशेष कायक्रम आयोजना गर्ने गरेको छ ।इन्द्रजात्रामा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली उच्च पदस्थहरू वसन्तपुर पुगेका थिए । काठमाडौँ उपत्यकाको आकाशमा इन्द्रजात्राको नगरा बज्न थालेपछि नगरजीवनले आफैँलाई अर्कै आयाममा प्रवेश गरेको अनुभव हुन्छ । चोकचौबाटामा इन्द्रदेवलाई अग्लो आसनमा सजाएर राखिन्छ । मन्दिरहरूमा पू जापाठसहित प्रार्थनाका घण्टीहरू बजाइन्छ ।
इन्द्रजात्रा भनेको रङ–रौनकको पर्व हो । काठमाडौँ उपत्यकाको साँझले, इन्द्रजात्राको रौनक, रङ, बाजा र मानिसहरूको भिडसँगै एक विशेष लयलिन्छ ।
इन्द्रजात्रा, जो इन्द्रको सम्मानमा मनाइन्छ, स्वर्गका राजा र वर्षाका देवताको यो पर्वलाई लिईन्छ ।
काठमाडौँ उपत्यकाको मुटुमा अवस्थित हनुमानढोका दरबार, यहाँ हरेक वर्ष इन्द्रजात्राको बेला आस्था, संस्कृति र कलाको अनुपम सङ्गम झल्किन थाल्छ । यस पर्वको सुरुवात हनुमानढोकास्थित कालभैरव नजिकै लिङ्गो ठड्याएपछि हुन्छ । यो लिङ्गो सामान्य काठको खम्बा मात्र नभई यो एउटा प्रतीक हो, जसले इन्द्रजात्राको धार्मिक र सांस्कृतिक महत्त्वलाई जीवन्त पार्छ ।
त्यसैगरी इन्द्रध्वजले काठमाडौँ उपत्यकाका नेवार समुदायका संस्कृति र परम्परालाई प्रतिनिधित्व गर्छ ।









