बिहिबार, बैशाख ०३, २०८३

एमालेमा संगठित सदस्य संख्या ६ लाख ६२ हजार नाघ्यो, प्रवासी मञ्चलाई जिल्लाको हैसियत

काठमाडौं । नेकपा एमालेमा नवीकरण भएका संगठित सदस्य संख्या ६ लाख ६२ हजार नाघेको छ । महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको संगठनात्मक प्रतिवेदन अनुसार नवीकरण भएका संगठित सदस्यहरू ६ लाख ६२ हजार ९ सय ६१ जना रहेका छन् । यो संगठित पार्टी सदस्य संख्या १०औं महाधिवेशन पछि ३० प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

पोखरेलले प्रस्तुत गरेको प्रतिवेदन अनुसार पार्टीभित्र ६४ हजार ७ सय ६ कमिटी छन् । कतिपय जन संगठनहरूको संख्या यकिन तथ्यांक अध्यावधिक नभएको औंल्याउँदै करिब १२ लाख ६९ हजार १ सय ६१ सदस्य रहेको तथ्य पोखरेलले पेस गरेका छन् ।

डेढ लाख सदस्यहरू संगठित हुन बाँकी रहेको महासविच पोखरेलले बताए । कुल ४ लाख २७ हजार १६ जना विभिन्न कमिटीमा आबद्ध छन् । प्रतिवेदनमा उल्लेख गरिएको तथ्यांक अनुसार जिल्ला, प्रवास, प्रदेश, सम्पर्क मञ्च १ सय ३ जिल्ला कमिटी, महानगर, उपमहमानगर नगरपालिका गाउँपालिका कमिटी १ हजार ६७ कमिटी छन् । त्यसैगरी वडा कमिटी ७ हजार ७ सय ६० र टोल कमिटी ५५ हजार ७ सय ७६ रहेको छ ।
प्रस्तुत प्रतिवेदन अनुसार कोशी प्रदेशमा १४ जिल्ला कमिटी र १३६ पालिका कमिटी रहेको छ । त्यसैगरी वडा कमिटी १ हजार १५७ र टोल कमिटी ७ हजा १०१ रहेको छ । कोशी प्रदेशमा कुल ८ हजार ४०८ कमिटी रहेको छ ।

प्रवासी नेपाली मञ्चलाई ५ जिल्ला कमिटीको हैसियत, ३६ पालिका, ७० वटा वडा गरी कुल १११ कमिटी रहेको छ । प्रवासी नेपाली संघ भारत शाखामा १० वटा जिल्ला, १४१ पालिका, ४१६ वडा तह गरी कुल ५६७ कमिटी रहेको छ । तथ्यांहरूलाई केलाउँदा जिल्ला तहमा ९ हजार ७७४ जना नेता, कार्यकर्ता आबद्ध छन् । पालिका तहमा ४१ हजार ६३३, वडामा १ लाख ७४ हजार २४५, टोलमा २ लाख १ हजार ३६४ जना रहेका छन् ।