शुक्रबार, फागुन २९, २०८२

सामाजिक सञ्जाल निस्क्रिय गर्दा नेपालको नम्बर वन एप बन्यो भाइबर

काठमाडौँ । सामाजिक सञ्जालमाथि सरकारले प्रतिबन्ध लगाउँदा सबैभन्दा बढी फाइदा भाइबरलाई भएको छ । प्रतिबन्ध अघि ८९ स्थानमा रहेको यो मेसेजिङ एप २४ घण्टामै नेपालको पहिलो नम्बरमा आएको हो ।

यस क्रममा एपले ८८ ओटा एपलाई पछाडि पारेको छ । गुगल प्ले स्टोरको टप चार्टमा राकुटेन भाइबर मेसेन्जर एक नम्बरमा छ । त्यसपछि क्रमशः च्याटजीपीटी, इमो, ह्वाट्सएप, कल एप, क्यापकट छन् ।
तिबन्धबाट जोगिएको अर्को एप टिकटक भने अझै पनि सातौँ नम्बरमा छ । जब कि २४ घण्टाअघि च्याटजीपीटी पहलो नम्बरमा थियो भने त्यसपछि क्रमशः ह्वाट्सएप, क्यापकट, टिकटक, टिकटक लाइट, याङ्गो, शेयरइट र अलिएक्सप्रेस रहेका थिए ।

यसरी हेर्दा पछिल्लो २४ घण्टामा च्याटजीपीटी १ स्थान पछि, ह्वाट्सएप २ स्थानपछि, क्यापकट र टिकटक समान ३ स्थान पछि धकेलिएका छन् । पछिल्लो समयको डाउनलोड सङ्ख्याको आधारमा प्ले स्टोरले यो चार्ट तयार पार्ने गर्छ ।